जलवायु परिवर्तन आज विश्वब्यापी चासोको विषय बनेको छ । पृथ्वीका कुनै पनि बासस्थान चाहे त्यो समुन्द्र मुनीको होस् वा पर्वतका टाकुराहरु, बढ्दो भूमण्डलीय तापमानका असरहरुबाट अछुतो छैन । हिमनदीहरु पग्लदै छन्, समतल मैदानहरु डुबानमा परेका छन् र वृक्ष रेखा सर्दै छ अनि खाद्य सङ्कट देखा परिरहेको छ । यी सबै एकैचोटी अनि अकल्पनीय रुपले देखा परिरहेका छन् । अतः सबै राष्ट्रहरु यस परिवर्तनसँग अनुकूलित हुने उपायहरुको खोजीमा छन् । कोमल पर्वतमाला र गरिबीका कारण नेपाल जलवायु परिवर्तनबाट धेरै प्रभावित राष्ट्रहरुमध्येमा पर्दछ । नेपालमा जलवायु परिर्वतनको सामना गर्न संस्थागत क्षमता पनि अझ बन्न बाँकी छ ।
जलवायु परिर्वतनको चुनौतीहरु सामना गर्नका लागि पहिलो आवश्यक आधार भनेको ज्ञान नै हो । विश्वभरीमै वैज्ञानिक तथा प्राविधिकहरु, ब्यवस्थापकहरु तथा नीतिनिर्माताहरुले नयाँ सूचना र जानकारीहरु अनि अत्याधुनिक प्रविधिहरु विकास गरिरहेका छन् । तर ती अपुग छन् । अव्यवस्थित रुपमा रहेका छन्। हामीलाई प्रामाणिक तथ्यांकहरुको आवश्यकता छ । साथै मौलिक ज्ञानको सञ्चय र ती ज्ञानको समुचित प्रचार प्रसार पनि महत्वपूर्ण छन् । सम्बन्धित संस्थाहरुबीच समन्वयको खाँचो छ । यिनै आवश्यकताहरु परिपूर्ति गर्न जलवायु परिवर्तन सम्बन्धी एउटा ज्ञान व्यवस्थापन केन्द्रको परिकल्पना गरियो ।
फलस्वरुप मिसन ईष्ट प्रविधिक सहयोग र किर्डाक, नेपाल र महिला कल्याणको साझेदारिमा सर्केगाड गाउँपालिकाको जलवायु परिवर्तन ज्ञान व्यवस्थ
...बाँकी